
आज मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । वाहन वा भूमिबाट पनि लाभ रहला । जोशजाँगर र हिम्मत बढ्नेछ । स्वादिष्ट र सुखद् भोजन मिल्नेछ, तर स्वास्थ्यको भने ख्याल गर्नु पर्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।