२८ मंसिर २०८२, आइतबार
आज तीर्थाटनको योग छ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई स्मरण गरी कार्य गर्दा अधिक लाभ मिल्नेछ ।












