
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । पारिवारिक समस्या आइपर्ला । बोलीको विपरीत अर्थ लाग्न सक्छ, तर धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।