२८ मंसिर २०८२, आइतबार
घर परिवारसँग सुख र मनोरञ्जन पूर्वक दिन बित्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ, तर साँझमा झन्झटिलो कार्यमा समय खेरा जानसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।












