
आज आकस्मिक धनलाभ हुनेछ । लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।