
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र या उपहार पाइनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
'अनलाइन क्यालेन्डर' मा सार्वजनिक हुने राशिफल (Zodiac/Horoscope) तपाइँको न्वारानको नामको पहिलो अक्षरका आधारमा तयार गरिने राशिफल हो। आफ्नो वास्तविक राशि जन्ममिति अनुसार हुन्छ कि न्वारानमा दिइने नामको पहिलो अक्षर अनुसार हुन्छ कि भन्ने विषयलाई लिएर धेरै जनामा अन्योल रहन्छ। त्यही अन्योल चिर्नका लागि नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेको ‘न्वारानको नामको पहिलो अक्षर’का आधारमा दैनिक राशिफल, मासिक राशिफल तथा वार्षिक राशिफल समावेश गरिएको छ।