
जीवन सामान्य नै रहनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।